चिउरी संरक्षणका लागि एक लाख बिरुवा रोपिँदै
उदयपुर | असार २२, २०७९
उदयपुर: जिल्लाको उत्तरी पहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिकाले स्थानीय क्षेत्रमा पाइने महत्वपूर्ण तथा उपयोगी वनस्पति र हिजोआज लोप हुँदै गइरहेको महत्वपूर्ण वृक्ष चिउरी संरक्षणका लागि एक वर्षभित्र एक लाख बिरुवा रोप्ने अभियान सञ्चालन गरेको छ ।
गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईका अनुसार पालिकाले लोपोन्मुख चिउरी संरक्षणका लागि मात्र झन्डै रु एक करोड ५० लाख बजेट विनियोजन गरिसकेको जानकारी दिनुभयो । आगामी आर्थिक वर्षबाट चिउरीको वृक्षरोपण गर्ने र त्यसपछिका वर्षसम्ममा पालिकाका सबै वडाहरुका गाउँ र टोलटोलमा एक लाख बराबर बिरुवा रोपिने अध्यक्ष राईले बताउनुभयो ।
उहाँले भन्नुभयो, “चिउरी र हाम्रो पुर्खाहरुको साइनो धेरै पुरानो हो, हिजो हाम्रा पुर्खाहरुदेखि नै गाउँघरमा चारैतिर पाइने र संरक्षण गर्दै आएको चिउरी लोप हुने अवस्थामा पुगेको छ, चिउरीको फलको रस हाम्रो नसानसामा छ, यस कारण पनि यसको संरक्षणका लागि पालिकाले बजेट नै व्यवस्थापन गरेको हो ।”
सो पालिकाका उपाध्यक्ष पुष्पलाल राईका अनुसार चिउरी संरक्षण गर्ने अभियान पालिकाले यस पटकदेखि सञ्चालन गरेको र यसका धेरै फाइदा रहेको बताउनुभयो । वातावरण तथा पर्यावरण सन्तुलनका लागि गाईवस्तुलाई घाँस र मौरीपालनका लागि चिउरी अति नै उपयोगी हुने कारण पालिकाले अब लोपोन्मुख हुँदै गइरहेको चिउरी संरक्षणका लागि बजेट नै व्यवस्थापन गरेर बिरुवा रोप्ने अभियान सुरु गरेको उहाँको भनाइ छ ।
चिउरीका बिरुवा हुर्काउनका लागि पालिकाको वडा नं ४ जाँते, १ बराह र ३ ताम्लीछामा कृषि प्राविधिकको सल्लाह तथा सहयोगमा नर्सरी प्लान्ट निर्माण गरिने पालिकाले जनाएको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

